काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सात जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) र १ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।