११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको धम्कीले काँग्रेस डराउँदैन : डा. कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई काँग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौँ भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे ।

साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले काँग्रेस नडराउने प्रतिक्रिया पनि दिए । बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।

कोइरालाले सरहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरुले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेको बताए ।

‘हामीले बोल्न नदिने भनेर भनेका छैनौँ । यो कुरामा तपाईँहरू क्लियर हुनुपर्‍यो । हामीहरुले के भनेका छौँ भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस् । हामीहरूलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौँ भनेका हौँ । गृहमन्त्रीले त्यसलाई न त स्विकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईँहरू (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यही हो ।’

उनले गृहमन्त्रीको राजीनामा समेत काँग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताए । यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिब्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको काँग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए ।

‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली काँग्रेस डराएन । अब पनि कुनै पनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौ,’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस