२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चले दियो १५ दिनको समय 

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले १५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको छ। 

बुधबार न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले काठमाडौँ महानगर, प्रदेश र संघीय सरकारलाई सडक व्यवसायबारे १५ दिनभित्र व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको हो।

सर्वोच्चले तीनै तहलाई समन्वय गरी कार्ययोजना निर्माण गर्न समेत आदेश दिएको छ।

‘सडक व्यवसायको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायहरू सहितको समन्वयात्मक कार्ययोजना निर्माण गर्ने जिम्मेवारी सरकारका मुख्यसचिवले लिई काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बागमती प्रदेश सरकारका प्रमुख सचिव र प्रत्यर्थी नेपाल सरकार, शहरी विकास मन्त्रालय र नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूलाई समेत सहभागी गराई १५ दिन भित्र कार्ययोजना तयार गरी महान्यायाधिवक्ताको कार्यालय मार्फत पेश गर्नु, ‘आदेशमा भनिएको छ।

यस्तै, व्यवस्थापन कार्ययोजना निर्माण नगरे न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ (२) बमोजिम इजलास समक्ष पेश गरिने आदेशमा भनिएको छ। 

२०७९ चैतमा हालेको रिटमा २०८० साल वैशाख २४ गते काठमाडौं महानगर, प्रदेश सरकार र संघीय सरकारलाई समन्वय कार्ययोजना तयार पारेर ल्याउन आदेश दिइएको रिटकर्ता प्रोज्ज्वलता कार्कीले बताइन्।

२०७९ चैत १ गते सर्वोच्चले सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गरी उपस्थित हुन भनेको थियो।