काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित क्रसर मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय २० वर्षीय मजदुर अर्जुन यादव छन् । कमला स्टोन क्रसर बुधबार राति करिब १ बजे अर्जुनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मेसिनमै च्यापिएर बारा निजगढका ४५ वर्षीय खेमकुमार मगर घाइते भएका छन् । उनको उपचार जनकपुरधामस्थित समर अस्पतालमा भइरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गरेको छ ।