२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपर ओभरमा नामिबियासँग ओमान पराजित

अ+ अ-

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामेवियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ । सुपर ओभरमा नामेवियाले जित दर्ता गरेको हो । त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलिले समान १०९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरको २ बल बाँकी हुँदै सबै विकेट गुमाएर १०९ रनमा रोकिन पुग्यो । ओमानको सुरुआत भने निकै खराब रहेको थियो । दुई खेलाडी खाता नै नखोलेर गोल्डेन डक आउट भएका थिए ।

पहिलो बलमै कश्यप प्रजापति र दोस्रो बलमा कप्तान अकिव इलियास आउट भएका थिए । त्यसपछि १० रन हुँदा तेस्रो विकेटको रूपमा नसिम खुसी आउट भए । उनी ६ रन बनाएर आउट भएका थिए । जिसन मक्सुद र खलिद काली पारि अघि बढाए । खलिदले ३४ रनको पारि खेल्दा मक्सुदले २२ रन जोडे । यसैगरी शकिल अहमदले ११ रन जोडे ।

नामेवियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदा डेभिव वेसले ३ विकेट हात पारे । यस्तै जेरार्ड एरामसले २ तथा ब्रेनान्ड स्कोल्ट्जले एक विकेट लिए । १०ं१ रनको लक्ष्यसहित मैदान उत्रिएको नामेवियाको पनि सुरुआत खास रहेन । टिमले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । मिचेल भान लिंगेन आउट भएका थिए ।

निकोलस डेभिन र जान फ्रांकलिङले गतिलो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा सामान्य लक्ष्य पनि पूरा भएन र खेल बराबरीमा पुग्यो । निकोलस डाभिनले २४ रन बनाउँदा जान फ्रांकलिनले ४५ रन जोडे । यसैगरी जेरार्ड एरामस १३ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानका मेहरन खानले तीन विकेट लिए । खेल बराबरी पछि सुपर ओभरमा नामेबियाले पहिला ब्याटिङ गर्दै स्कोरबोर्डमा २१ रन बनायो । 

नामेवियाका कप्तान जेरार्ड एरामस र डेभिड वाइस क्रिजमा आएका थिए । उनीहरुविरुद्ध ओमानका विलाल खानले बलिङ गरे । पहिलो बलमा चौका र दोस्रो बलमा वाइसले छक्का प्रहार गरेका थिए भने तेस्रो बलमा २ रन जोडे । चौथो बलमा एक रन आएपछि क्रिजमा आएका एरामसले लगातार दुई चौका प्रहार गरेपछि स्कोर बोर्डमा २१ रन बनेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जिसन मक्सुद र नसिम खुसी आएका थिए । बलिङका लागि नामेवियाका वाइज आएका थिए । पहिलो बलमा निसमले २ रन लिए भने दोस्रो बल डट खेले । तेस्रो बलमा नसिम खुसी २ रन बनाएर आउट भए । 

चौथो बलमा अकिल इलियसले एक रन लिँदा पाँचौं बलमा मक्सुदले एक रन मात्रै लिए । अन्तिम बलमा मक्सुदले छक्का प्रहार गरे पनि जित निकाल्न पर्याप्त भएन ।