काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए ।
राष्ट्रपतिलाई भेटेर केही बेरअघि उनी निस्किएको स्रोतले बतायो । उनी त्यहाँबाट बालुवाटार नगई सिधै खुमलटार लागेका छन् । उनी सरकारी गाडीमा झण्डा हल्लाएरै निस्किएका थिए ।
‘प्रचण्ड’ले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा ‘प्रचण्ड’को निजी निवास छ । केही दिन अगाडिबाटै बालुवाटारबाट सामान ओसार्न थालिएको थियो ।
‘प्रचण्ड’ आज संसद भवनबाट पेरिसडाँडा गएर जनताका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम भने रद्द गरिएको छ ।