काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आइटी) विज्ञमा इन्जिनियर असगर अली नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम अलीलाई निजी सचिवालयको अवैतनिक सूचना प्रविधि विज्ञ (सचिवस्तर) पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
अलि यसअघि पनि प्रधानमन्त्री ओलीको टिममा थिए ।







