काठमाडौँ । सरकारकाले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ६० जनाको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार खास ब्युरोलाई प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्तर्गतका निकायका महत्त्वपूर्ण विभागहरूमा महानिर्देशकहरूको अदली बदली गरिएको छ ।
त्यसैगरी गृहलगायत अन्य मन्त्रालयहरूमा पनि ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरिएको बताइएको छ । बैठक राति अबेर गरी सकिएकोले सूची भने गोप्य नै राखिएको छ ।