६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । आज लुम्बिनी प्रदेश सभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ । आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली काँग्रेसले ह्वीप जारी गरेका छन् । 

गत साउन ७ गते आचार्य काँग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

उनलाई एमाले र काँग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।

यो हिसाबमा लुम्बिनीमा एमालेका २९, काँग्रेस २७, लोसपा ३, जनमत पार्टीका ३, जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्तिका ४ सांसद गरी ६९ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने देखिएको छ । 

यसैगरी मुख्यमन्त्रीको विपक्षमा माओवादी ११, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी  १४ सांसद देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस