काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया-प्रशान्त क्षेत्रका प्रधान न्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन् ।
मलेसियाको न्यायपालिका विभाग तथा एसिया-प्रशान्त कानुन संगठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधान न्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल छन् ।