२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

अ+ अ-

काठमाडौँ । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक-ए-इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् ।

इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेमा ५ सांसद पनि छन् ।

इस्लामावादको ‘डी चोक’ मा भारी सुरक्षा बल तैनाथ गरिएको छ। इस्लामावाद प्रहरीले ‘डी चोक’ मा चार प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ। प्रधानमन्त्री निवास, संसद र सर्वोच्च अदालत बाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू ‘डी चोक’ नजिकै छन्।

पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छन् । इस्लामावाद प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गरेको बताएको छ ।

पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् । इस्लामावाद प्रहरीले ढुंगा प्रहारमा १४ जना अधिकारी पनि घाइते भएको जनाएको छ ।