७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रालयले पूर्वसचिव दिपेन्द्र विक्रम थापाको संयोकत्वमा हालै कार्यदल गठन गरेको हो । उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । त्यसआधारमा सरकारले आवश्यक कदम चाल्न चाल्ने तयारी छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले शिक्षक र विद्यार्थीको अनुपात मिलेको नमिलेको भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री भट्टराईले समस्या समाधानका लागि अध्ययन कार्यदल गठन गरिएको जानकारी दिएकी हुन् ।

मन्त्री भट्टराईका अनुसार यो विषयमा २०७६ सालमा पनि अध्ययन भएको थियो । तर, त्यसबेलाको अध्ययन गर्दाको परिस्थिति र पाँच वर्षपछिको परिस्थितिमा फेरबदल आएको हुनाले फेरि अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।

नयाँ कार्यदलले शिक्षकको सन्दर्भमा स्थानीय तहबाट भइरहेका कतिपय कामहरू समेत हेर्नेछ । कार्यदलको अध्ययनले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन समेत सहयोग पुर्‍याउने मन्त्री भट्टराईको विश्वास छ । साथसाथै तत्काल सम्बोधन गर्नुपर्ने विषय रहेछ भने कार्यदलको सुझावका आधारमा सरकार अगाडि बढ्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस