६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यको दाबी : भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेका छौँ

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेको बताएका छन् ।

सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको बताएका हुन् । 

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहीवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए।’सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचारविरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे ।

अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ, ‘उनले भने, ‘सरकारले नागरिकमा बढ्दै गएको निराशालाई चिर्न सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरूलाई नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिताको निगरानी छ । प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरू गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको भनाइ उनको छ ।’

‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौँ । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ’, उनले भने, ‘प्रतिनिधि र कर्मचारीले गर्ने कामहरूलाई पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ ।

‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ’, उनले भने, ‘भ्रष्टाचार विरुद्धको अभियानमा सबै सँगसँगै अगाडि बढ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस