काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।
समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
राजदूतमा नेपालीको नाम अनुमोदन गर्दै गर्दा संसदीय सुनुवाइ समितिले भने सरकारलाई धन्यवाद दिएको छ।