६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन हुँदैन : धनराज गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट देखिएका छन् ।

गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए ।

महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा काँग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानबिन एकरदुई नभई सबै नेताको हुनुपर्ने बताए । एकरदुई जना नेताको मात्रै सम्पत्ति छानबिन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो ।

‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ,’ गुरुङले भने । नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।

उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौँ,’ गुरुङले भने ।

मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । काँग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रूपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे ।

गुरुङले भने, ‘घरको कुरा घरमा मज्जाले गर्न पाइन्छ, गर्ने हो तर नेता-नेता बीचमा सम्बन्ध नै नभए जसरी एकले अर्कोलाई गाली गर्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस