११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रुपछि बोल्दै उनले यस्तो बताएका हुन् ।  उपप्रधानमन्त्री सिंहले सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई थियो ।

“योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार काँग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेको छ” उपप्रधानमन्त्री सिंहले भने, “दुई ठुला दल नमिली राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यकता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।” 

उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । यसअघिका सरकारले गरेन नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस