२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । 

नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रूपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रा पालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट दश हजार डोज खोप प्राप्त भएकामा नौ हजार नौ सय ६९ डोज खोप बाख्रालाई लगाइएको छ । “घातक सङ्क्रामक रोग पिपिआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रा पालन गरेका किसानले क्षति व्यहोर्दै आएका थिए”, पशु शाखा प्रमुख भट्टले भने, “त्यसलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन गरेका हौँ ।”

यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा (याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानी फोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ । 

एक पटक खोप लगाइ सकेपछि तीन वर्ष सम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीले बताए । सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पिपिआर खोप नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।