काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किएको बताएका छन् ।
एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमै राजावादीहरूले हिंसा भड्काउन खोजेको बताएका हुन् ।
‘उनीहरूको (राजावादीहरूको) नियत नै गलत छ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
तर हिंसात्मक गतिविधिका दोषीहरूमाथि कानुन बमोजिम कारवाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिँदै छ । लोकतन्त्र र संविधानलाई उल्लङ्घन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’