काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएको आज (शुक्रबार) साँझ भूकम्प गएको छ ।
भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । भूकम्प गएपछि सर्वसाधारण सडकमा निस्किएका छन् ।






