काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले नेपालको शिक्षा क्षेत्रको सुधार आह्वानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ३८ बुँदे मागपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा गएको टोलीले माध्यमिक तहको शिक्षा, विश्वविद्यालय तहको शिक्षा, विदेशी बोर्डका विद्यालय, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस र कन्सल्टेन्सी, प्राविधिक शिक्षा र अन्य समसामयिक विषयसम्बन्धी ३८ बुँदे मागपत्र बुझाएको हो ।
संगठनले राज्यको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी हुने व्यवस्था गर्नुपर्ने, शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गरिनुपर्ने, माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुनुपर्ने संवैधानिक व्यवस्था पूर्ण कार्यान्वयन गर्नुका साथै शिक्षासम्बन्धी सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरी नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मुख्य माग पेश गरेको छ ।





