काठमाडौँ । राजावादी आन्दोलनका घाइतेहरूलाई भेट्न गृहमन्त्री रमेश लेखक अहिले केहीबेरमा अस्पताल जाँदै छन् । बानेश्वरको सिभिल हस्पिटलबाट घाइतेहरूको अवस्थाबारे बुझ्न सुरु गर्ने उनको सचिवालयले जनाएको छ ।
चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको भएको छ । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकाहरू काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको थियो। यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्याक फायर १९२ पटक भएको थियो । दुई वटा गोली पेस्तोलबाट प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी, २३ सशस्त्र प्रहरी घाइते भएको भएका छन् भने प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताएका छन् ।