काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएको छ ।
बिहीबार सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएको हो ।
नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।
उनका अनुसार, वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको अभियोगमा मुद्दा दायर भएको हो। वन तथा वातावरण मन्त्रालय दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१-सी २-०००१ छ।
उनीहरूविरुद्ध ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने माग दाबी छ।