काठमाडौँ । रुकुम पूर्व केन्द्रबिन्दु भएर बिहीबार साँझ भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ३४ मिनेटमा रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
रुकुम पूर्वका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।