२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिम न्यूनीकरणलाई १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिने

अ+ अ-

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।

मंगलवार सिंहदरवारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछि हुने राहत,उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको बताउनु भयो । उहाँले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पारे ।

सोही अनुसारको उपकरणहरू पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ । चाहेर पनि विपद् जोखिम न्यूनीकरणमा होमिने अवस्था नहुन सक्ने बताए। सीमित श्रोत साधनका कारण यो अवस्था आउन सक्ने उनको भनाइ छ ।

सीमित श्रोत साधनलाई अधिकतम उपयोग गर्ने र विगतका वर्षहरूबाट पाठ सिक्दा सीमित श्रोत साधनका कारण सुरक्षा निकायले चाहेर उद्धार, खोज गर्न नसक्ने स्थिति रहेको उल्लेख गरे ।

सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्रीहरू, जनशक्तिको अभाव रहेकाले त्यसलाई पूर्ति गर्नुपर्ने आवश्यकता रहेको बताए । मनसुन प्रतिकार्य कमान्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट गरिएको उल्लेख गरे ।

मनसुन प्रतिकार्य कमान्ड पोस्ट केन्द्रमा मात्र नभई प्रदेश, जिल्ला, स्थानीय तहमा रहने बताए । प्राधिकरणका अनुसार विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ । त्यस्तै ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् । गत वर्षको मनसुनमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा भएको थियो । असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको छ ।

४५ अर्ब बराबरको सोही अवधिमा क्षति भएको थियो । गत वर्ष मात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना बेपत्ता भएका छन् ।