काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ ।
केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
छलफलका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको पाण्डेले बताए । अर्को मिति असार १८ गतेलाई तोकिएको छ ।







