काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्थानीय तहको निर्वाचन पश्चात् पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयको विकास सहायता समन्वय शाखाले सचिव स्तरीय निर्णयअनुसार वैदेशिक भ्रमणको विवरण माग गरेको हो ।








