२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा विद्युत् सेवा विस्तार

अ+ अ-

भोजपुर । भौगोलिक रूपमा विकट भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ। पहिले टुकीको उज्यालोमा रात कटाउने यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् पुगेको छ।

केन्द्रीय विद्युत् विस्तारले वर्षौंदेखि टुकी र सोलारको सहारामा रात कटाउने बाध्यता अन्त्य भएको छ। टुकी र सोलारको उज्यालोमा जीवन बिताइरहेको अवस्थामा केन्द्रीय विद्युत् पुगेपछि दैनिकीमा परिवर्तन आएको स्थानीय सिंहबहादुर तामाङले बताए।

विद्युत् विस्तारले उज्यालोसँगै कुटानी, पिसानी र दैनिक कामकाजमा सहजता भएको उनको भनाइ छ। अँध्यारोमा रात कटाउनुपर्ने अवस्थाबाट अहिले विद्युतीय उपकरण जडान गरी काम गर्न सकिने वातावरण बनेको उनले बताए।

‘अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ,’ उनले भने, ‘हाम्रो क्षेत्र भौगोलिक रूपमा विकट भए पनि वडाको भूमिकाले बत्ती बल्यो। विद्युतले दैनिक जीवनमा सहजता ल्याएको छ। ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ।’

दुर्गम क्षेत्र भए पनि केन्द्रीय विद्युत् विस्तारले सूचनाको पहुँचमा जोडिन सहज भएको स्थानीय निर्मा शेर्पाले बताए। विद्युत् पुगेपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गरी गाउँमै बसेर देश(विदेशको जानकारी लिन सकिने अवस्था बनेको उनको भनाइ छ।

‘विद्युतले हाम्रो दैनिकी फेरिदियो,’ उनले भने, ‘विद्युत् नहुँदा दैनिकी कष्टकर थियो। विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ। राज्यबाट भएको यो काम प्रशंसनीय छ। वडाको सक्रियतामा भएको विद्युत् विस्तार उदाहरणीय छ।’

भौगोलिक रूपमा विकट भए पनि धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए। निर्वाचनमा स्थानीयलाई विद्युतको उज्यालोमा राख्ने प्रतिबद्धता पूरा हुने चरणमा पुगेको उनको भनाइ छ। आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनले बताए।

‘म वडाको जिम्मेवारीमा आउँदा यहाँ केही स्थानमा मात्र विद्युत् पुगेको थियो,’ वडाध्यक्ष शेर्पाले भने, ‘अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौं। बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम भइरहेको छ। चाँडै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ।’

सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी विद्युत् विस्तारमा प्राथमिकताका साथ काम भइरहेको वडाध्यक्ष शेर्पाले बताए। नौ सय ४१ घरपरिवार रहेको यो वडाको कुल जनसंख्या तीन हजार दुई सय ८३ छ।