काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।







