२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-‘स्याङ्जामा नेतामाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि सोमबार दिउँसो भएको आक्रमणको निन्दा गरेको छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेको छ।

‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक कार्यको कडा शब्दमा विरोध गर्दछ।’

रास्वपाले दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा अनुसार, “यस प्रकारको आक्रमणले हाम्रो सुशासन र लुटतन्त्रविरुद्धको अभियानलाई कतैबाट विचलित पार्दैन। यस अभियानमा हामी अझ सशक्त भएर अघि बढ्नेछौँ।”

आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न तथा सम्भावित प्राकृतिक विपद् नियन्त्रणको माग राख्दै आवाज रास्वपा का दुई केन्द्रीय नेतामाथि आक्रमण भएको  थियो ।

रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि वालिङ नगरपालिका वडा नं. १० का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको हो।

वडाध्यक्ष खनालले बाटोमै रोकेर दुर्व्यवहार गर्दै उनीहरूलाई रड प्रहार गरेका थिए। आक्रमणमा परेका दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

उनले लगाएको हेलमेट फुटेको छ भने उनलाई बचाउने क्रममा दाहिने हातमा गम्भीर चोट लागेको, फ्याक्चरसमेत भएको र पोखरास्थित अस्पतालमा सिटि स्क्यानका लागि लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको छ।

रास्वपाले घाइते नेताहरूको उपचारका लागि आवश्यक सबै जिम्मेवारी लिने जनाएको छ।