२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘परिवर्तनलाई बुझाउन नसक्दा अराजकता बढेको हो’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने विषय युवापुस्तालाई बुझाउन नसक्दा देशमा अराजकता बढेको बताएका छन् । 

बेलायतको लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रका बारेमा अहिलेका पुस्तालाई बुझाउन आवश्यक रहेकामा जोड दिए।  

महासचिव पोखरेलले संघर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । 

लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता व्यक्त गरिएको बताउँदै लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति अन्त्य गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । 

“भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ । यसको अन्त्य गर्न सबैले समन्वय गर्नुपर्ने जरुरी छ”, उनले भने । सामाजिक सञ्जालबाट भ्रम छर्ने गतिविधि बढेकामा उनले चिन्ता व्यक्त गरे । 

नेपाली समाजलाई अराजकतावादबाट जोगाउन सबैले साथ सहयोग गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए। “अहिले लोकतन्त्र र गणतन्त्रकाविरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ”, उनले भने । 

महासचिव पोखरेलले लोकतन्त्र प्राप्ति पछि हरेकको जीवनमा परिवर्तन भएको विश्वास व्यक्त गरे । बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन अनुरोध गर्दै उनले विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न आग्रह गरे। 

यही जेठ २९ गते उनी बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित त्यसतर्फ गएका थिए। महासचिव पोखरेल यही असार ८ गते स्वदेश फर्कनेछन् ।