२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेले कारागारबाटै अघि सारे यस्ता एजेण्डा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट अपिल जारी गर्दै संविधान पुनर्लेखनको नयाँ एजेन्डा अघि सारेका छन् ।

यो संविधान भ्रष्टहरूको आर्थिक र सामाजिक अपराधको टेको बनेको उनको निष्कर्ष रहेको छ ।

उनको अपिलमा भनिएको छ, ‘म रहुँला नरहुँला, तर मेरा केही संकल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।’

रास्वपाले अहिलेसम्म संविधान सुधार वा परिमार्जनको कुरा गर्दै आए पनि पुनर्लेखन भनेको छैन । पार्टीका आधिकारिक दस्ताबेजहरूमा पनि संविधान पुनर्लेखन शब्द कतै प्रयोग भएको पाइँदैन । तर, सभापतिबाटै आएपछि पार्टीले यसलाई अपनत्व लिने भएको छ ।

राप्रपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संविधान संशोधनले मात्रै सबै विषयवस्तु सम्बोधन नहुन सक्ने भएकाले सभापतिबाट पुनर्लेखनको एजेन्डा प्रस्तुत भएको बताए ।

उनले भने, ‘संविधान संशोधनले मात्रै हुने स्थिति नदेखिएकाले एक स्टेप माथि नै जानुपर्छ भन्ने हो । हामीले परिमार्जनको कुरा राख्दै आएका छौँ । तर, अब सभापतिज्यूबाट पुनर्लेखनमै जानुपर्ने हुनसक्छ भन्ने आशय प्रस्तुत भइसकेपछि यो पार्टीको छलफलको विषयवस्तु बन्छ । संविधान पुनर्लेखनको एजेन्डालाई रास्वपाले अपनत्व लिन्छ ।’

लामिछानेको अपिलमा संविधान पुनर्लेखनका लागि केही विषयवस्तुहरू पनि अघि सारिएको छ ।

उनले भनेका छन्, ‘सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ । २०४६ सालयताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ । संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ । प्रदेशसभा खारेज गरी हारेका नेता र आफन्त होइन, विद्वानहरूको सभा बनाउनुपर्छ । नेताहरूले खेलौना र भर्ती केन्द्र बनाएका सबै संवैधानिक अंगहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ ।

विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्‍याउनुपर्छ । दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरूपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ । त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ ।’

महामन्त्री बुर्लाकोटी संविधानले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रको स्पिरिट सही भए पनि यसभित्रका थुप्रै अन्तरवस्तुहरूमा बहस आवश्यक रहेको बताए । कतिपय विषयमा पार्टीले पनि पोजिसन बनाउन बाँकी रहेको उनको भनाइ छ ।