२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

अ+ अ-

मोरङ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् । 

जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेक १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् । 

ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले रु चार अर्ब ४० लाख बजेट ल्याएको छ । 

यस्तै सुन्दरहरैँचा नगरपालिकाले रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले रु एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० र बेलबारी नगरपालिकाले रु एक अर्ब नौ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् । 

यसैगरी रतुवामाई नगरपालिकाले रु तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले रु ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले रु ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले रु ६१ करोड छ लाख २८ हजार २०० बराबरको बजेट पेश गरेका छन् ।

अन्य गाउँपालिकाहरूमा केराबारीले रु ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले रु ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले रु ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले रु ६७ करोड २९ लाख ९६ हजार, जहदाले रु ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले रु ५९ करोड एक लाख ७३ हजार ३११  र कटहरीले रु ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन् ।