२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

अ+ अ-

टक्सार (भोजपुर) । जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । 

षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए। तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुँदा जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए।

भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति भोजपुरको आज बसेको बैठकले यही असार २३ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेका तीन पालिका घोषणा भएपछि जिल्लालाई घोषणा गरिने बताए।

बैठकले खोप सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जान थालेकाले जिल्लामा करिब ३० हजार नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका पालिकाले माग गरेका आधारमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । समन्वय समितिका प्रमुख थुलुङले ‘खोज र खोप’ भन्ने अभियानलाई सार्थक बनाउन अभियान सञ्चालन गरिने बताउँदै कोही पनि कुनै खोपबाट छुट्न नहुने भन्दै तालिकाअनुसार नियमित खोप लगाउन सबैलाई आग्रह गरे ।