२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन्।

चीनको भ्रमणमा रहेका मन्त्री खड्काले आज बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

‘नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ, सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ, हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ’, मन्त्री खड्काले भने ।

सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको उनले बताए । हाल नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने मन्त्री खड्काको भनाइ थियो ।

संसदमा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागिएको बताए। ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको उनको भनाइ थियो ।

भेटका क्रममा चीनमा रहेका नेपाली समुदायले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । मन्त्री खड्काले नेपाल ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै लगानी गर्न आह्वान गरेका छन् ।