२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काजका कर्मचारीको अटेरी पछि अभिलेख अद्यावधिक गर्ने भन्दै दुई दर्जन बढी मातहतका निकायसँग विवरण माग 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभिलेख अद्यावधिक गर्न भन्दै मातहतका निकायसँग कर्मचारीको विवरण मागेको छ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउन २६ वटा मातहतका निकायलाई निर्देशन दिएको हो।

यसअघि, २८ जेठमा मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो। निर्देशन पालना नगर्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो। तर, काजमा रहेका धेरै कर्मचारी अझै पनि यथास्थानमै कार्यरत छन्, जसले प्रशासनिक र राजनीतिक नेतृत्वको निर्देशनलाई प्रभावहीन बनाएको छ। प्रचारमा प्रखर मन्त्री प्रदीप पौडेलको व्यवस्थापकीय कमजोरी यतिबेला उदांगो भएको छ ।  

मन्त्रालय स्रोतका अनुसार सङ्घअन्तर्गतका अस्पताल र विभागमा काजमा खटिएका सयौँ कर्मचारी छन् भने मन्त्रालयमै दुई दर्जनभन्दा बढी कर्मचारी काजमा कार्यरत छन्। स्वास्थ्य सेवा ऐन, २०५३ मा एक महिनाभन्दा बढी काजमा कर्मचारी राख्न नपाइने व्यवस्था भए पनि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यो व्यवस्थाको खुलेआम उल्लङ्घन गरेको एक अधिकारीले बताए।

ऐन विपरीत लामो समय काजमा खटिएका कर्मचारीले प्राप्त गरेको तलब-भत्ता काजमा खटाउने पदाधिकारीको तलब-भत्ताबाट कट्टा गरी असुल गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार काजमा रहने अधिकांश कर्मचारी उच्च राजनीतिक पहुँच भएका छन्।

बेलाबेला निर्देशन जारी गरेर सुधारको सन्देश दिने प्रयास भए पनि वास्तविक रूपमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण र औषधि खरिदमा ‘सेटिङ’ र ‘साँठगाँठ’को बोलबाला रहेको उच्च प्रशासनिक स्रोतले बताए।