२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद आचार्यले भने-‘वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन मिल्दैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताए ।

‘कानुनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो,’ उनले भने ।

उनले पास हुन नसकेका र महत्त्वपूर्ण रहेका विधेयकहरू अध्यादेशमार्फत ल्याउन माग गरे।

‘केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्त्वपूर्ण छ भने अध्यादेशबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ,’ उनले भने, ‘वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन, मिल्दैन ।’

सांसद आचार्यले कानुन पूर्ण रूपमा राम्रो बनाउनुपर्ने बताए । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताएका छन् ।