२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिके राउतले दाइ जयकान्तलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र विवाद देखिएको छ।

गएको निर्वाचनबाट मधेशबाट नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीमा अध्यक्ष राउतको कार्यशैलीलाई लिएर एकपछि अर्को विवाद देखिएको हो।

राउतले मंगलवार दाइ जयकान्त र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेका थिए। नयाँ पार्टीमा पुरानो झैँ गरेर परिवारवाद हाबी भएको भन्दै पार्टीका नेता कार्यकर्ता अध्यक्ष राउतको यो निर्णयबाट रुष्ट देखिएका छन् ।

पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीले राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयको विरोध गरेका छन्।

उनले विशेषतः पार्टी अध्यक्षद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्‍याएको आरोप लगाएका छन्।

साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयले सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा। जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रस्ट भएको छ। विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्ष, र सङ्गठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो । यसले सङ्गठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ।’

अध्यक्ष डा. राउतले पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित कोषाध्यक्ष सुरेन्द्र यादव लगायतलाई कारबाही गरेका थिए।

जनमतका प्रवक्ता डा. शरद यादवले भने अध्यक्षको दाइ मात्रै नभएर योगदानको आधारमा नै उपाध्यक्षमा पार्टीको मनोनीत गरेको दाबी गरेका छन्।

उनले उपाध्यक्षमा मनोनीत भएका राउतले गएको चुनावमा सप्तरी १ बाट लडेर २१ हजार ३ सय भोट ल्याएको पनि स्मरण गरेका छन्।

उनले मातृका, बिपी र गिरिजाप्रसाद कोइराला एउटै आमाबुबाको सन्तान देशको प्रधानमन्त्री भएको स्मरण गरेका छन्।