काठमाडौँ । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ ।
अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारी सहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको छ ।
बैठकमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दीप तिवारी लगायतका पदाधिकारीको सहभागिता रहेको छ ।
सकारले औपचारिक रूपमा आन्दोलनरत चिकित्सकलाई वार्तामा बोलाएपछि संवाद सुरु भएको हो । केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।
उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । ।







