२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाटाका कम्पनीलाई आईपीओमा ल्याएर लगानीकर्ता फसाउने खेल कसरी रोक्नुहुन्छ ? भन्दै सेबोनका अध्यक्षलाई स्वर्णिमको प्रश्न

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले घाटामा गइरहेका कम्पनीहरूलाई साधारण शेयर (आईपीओ)मा ल्याएर साना लगानीकर्ता फसाउने काम भइरहेको बताएका छन् ।

बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि सहभागी रहेको समितिको बैठकमा वाग्लेले भने, ‘आईपीआको खेलमा नियामकिय निकायहरूले कसरी शुद्धतातर्फ लैजानु हुन्छ ? घाटामाथि घाटामा गइरहेका कम्पनीहरूलाई आईपीओमा लगेर विभिन्न चलखेल गरेर सोझा साना लगानीकर्ताहरूको बोझ बनाएर टाप कस्ने रणनीति डरलाग्दो छ । यसले अर्थतन्त्र नै कोल्याप्स लैजान्छ । यतातिर कसरी हेरिरहनु भएको छ ?’

त्यस्तै, उनले हाइड्रोपावर कम्पनीहरू अर्को सहकारी बन्न लागेको चर्चा रहेको समेत सुनाए । उनले भने, ‘कोही हाइड्रोपावर कम्पनीहरू अर्को सहकारी बन्दै छ भनेर अर्को डरलाग्दो कुराहरू गर्छन् । होटेलहरू पनि च्याउ उम्रेसरि आइरहेका छन् । उनीहरूको पनि फर्मुला छ रे(ओभर इन्भोइसिङ गर्ने, क्यापिटल फ्लाइट पनि गराउने, बैंकहरुबाट अधिक ऋण बोक्ने र एक दुई वर्षमा नै आईपीओ ल्याएर जनतामा लोड गरेर भाग्ने गरेका छन् ।’

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे स्पष्ट गर्नुपर्ने उनले बताए । यसबारे प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनः संरचनामा ध्यान दिन उनले सुझाव दिए ।

भएको नेप्सेलाई सुधार गरेर मात्रै अगाडी बढ्नु पर्ने उनको सुझाव रहेको छ । वाग्लेले भने, ‘पहिले भएको नेप्से सुधार गरेर हेरौँ, यसका लागि दुई तीन वर्षको समय दिऊ पनि । त्यसपछि हाम्रो अर्थतन्त्रले माग्यो भने, हाम्रो अर्थतन्त्रको मौलिकताले माग्यो भने दिनु राम्रै होला । तर भइरहेको दूध दिने गाईलाई सखाप पारिदिऊ भनेर केही व्यक्ति विशेष जो अहिलेको भ्रष्ट नेताहरूसँगको साँठगाँठ छ उनीहरूलाई पोस्ने गरेर नयाँ लाइसेन्स दिने रवैया ठिक छैन ।’

अर्थशास्त्र बुझेका र अनुभवी पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको खेल ‘प्योर नेकेड करप्सन’ रहेको भनेको स्मरण गर्दै यसलाई आफ्नो समर्थन रहेको समेत वाग्लेको भनाई छ ।