२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’-मन्त्री चौधरी

अ+ अ-

मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तर प्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै खेलाडी खेलमार्फत आयआर्जन गर्न सक्षम बन्नु सुखद विषय भएको बताए । 

मन्त्री चौधरीले सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई रु. ६५/६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे । “नेपालको इतिहासमा पहिलो पटक खेलाडीहरूलाई रु. चार करोड वितरण गरिएको छ । यो अपुग भएकाले मन्त्रालयले थप रु. १५ करोड सरकारसँग माग गरेको छ”, उनले भने, “खेलकुदका लागि विनियोजन गरिएको रु. छ अर्बमध्ये रु. चार अर्ब मुलुकको खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था गरेका छौँ ।”

मन्त्री चौधरीले हाल मुलुकमा खेलेर बाँच्न सकिने अवस्था बनेकाले युवालाई खेलकुदप्रति विशेष ध्यान दिन आग्रहसमेत गरे । उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधार ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । 

प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुद ग्राम निर्माण सुरु गरेको जानकारी दिए । उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगानशीलताका साथ अगाडि बढ्न आग्रह गरे । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालय स्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेका बताए ।

त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।