२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-‘सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउँछ, विकासलाई रोक्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने बताएका छन्। 

मानवअधिकार एलाइन्स को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने धारणा राखेका हुन्।

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने उनको बुझाई छ। उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्‍याउने पोखरेलले बताएका छन्।

उनले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने बताए। उनले भने, ‘राज्यलाई नवअधिकार विरोधी भनी गरिने परिभाषा नै गलत भएको  छ। सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्छ। लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानवअधिकारको रक्षक हो।’

राज्य कमजोर हुँदा नागरिक बलियो हुन नसक्ने बताउँदै उनले राज्य खोक्रो भएका कारण नागरिकलाई संविधानले दिएका आधारभूत अधिकार पनि दिन नसक्ने अवस्था नआएको स्पष्ट पारे। ‘अधिकारको मात्र कुरा गर्न, कर्तव्य निर्वाह नगर्ने कुराले देश कमजोर भएको छ।’ उनले भने,‘अधिकारसँग नागरिक कर्तव्यलाई जोड्ने कुरामा हामी चुक्यौँ, त्यस कारण मानव अधिकारको आन्दोलन अधिकारसँग कर्तव्यलाई जोडेर अघि बढ्नु पर्छ।’

पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताए। ‘काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी ? काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता मात्र गरेर हुँदैन, यसको लागि देशमा नै बसेर काम गर्नुपर्छ’, उनले भने।

देशलाई समृद्ध बनाउने हो भने नागरिकहरू समृद्धिको यात्रामा जुट्नुपर्ने उनले भनाई छ। नेपालबाट रोजगारीको लागि विदेश जाने भन्दा रोजगारीको लागि भारतबाट नेपाल आउनेको सङ्ख्या बढी भएको पोखरेलले सुनाए। उनले भने ‘नयाँ पुस्तालाई हामीले सिपसँग जोड्न सकेनौँ, उद्यमसँग जोड्न सकेनौँ।’