२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ जातका केराको परीक्षण गरिँदै

अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।  

केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गरेका हुन् । व्यावसायिक रूपमा जी–९ केरा लगाए पनि उनले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गरेको जानकारी दिए। उनले भने, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”

यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने  क्षमता, सिवाटोवा, वन्चिटप जस्ता रोगसँग लड्ने क्षमताको अध्ययन गरिएको छ । विगत ३ वर्षदेखि केराको जातीय परीक्षण गर्दै आएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउछन् । उनले केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ (वाइन) लगायत उत्पादनको तयारीमा छन् । वाइन र लिटोका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ । रैथाने बालीबाट केकस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको उनले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गरेका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउछन् । राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।