२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतिगत दर परिवर्तनपछि पहिलो निक्षेप संकलन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार नयाँ आर्थिक वर्ष सुरु भएपछिको पहिलो निक्षेप संकलन उपकरण जारी गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत स्थायी निक्षेपको ब्याजदर घटाएपछि तरलता खिच्न प्रयोग भएको यो पहिलो निक्षेप संकलन हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षदेखि ब्याजदर करिडोरको माथिल्लो सीमा ६ प्रतिशत कायम गरेको छ । त्यसैगरी तल्लो सीमा २.७५ कायम गरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झारेको छ ।

करिडोको तल्लो सीमा घटेसँगै केन्द्रीय बैंकले आइतबार ५० अर्ब रुपैयाँ प्रणालीबाट खिचेको हो । केन्द्रीय बैंकले उक्त निक्षेप संकलन उपकरणमा दिने ब्याजदर करिडोरको तल्लो सीमाभन्दा धेरै दिँदैन । तर, पनि निक्षेप संकलन ब्याजदर भने बोलकबोल विधिमार्फत निर्धारण हुन्छ ।

आइतबार केन्द्रीय बैंकले जारी गरेको ४२ दिने ५० अर्ब निक्षेप संकलनका लागि ५६ अर्ब ६० करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

तर, केन्द्रीय बैंकले अधिकतम ब्याजदर करिडोरको तल्लो सीमाभन्दा माथि दिएको छैन भने न्यूनतम २.७४ प्रतिशतसम्मको ब्याजदरमा निक्षेप संकलन गरेको छ । आइतबारको निक्षेप संकलनको औसत ब्याजदर २.७४७६ प्रतिशत कायम छ ।

आइतबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँ छ । यो रकम निक्षेप संकलनको ४ खर्ब हो भने स्थायी निक्षेप सुविधाको २ खर्ब ९३ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ ।