२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दनलाई ‘प्रचण्ड’को चेतावनी-‘सिँगौरी खेल्न दिएकै छु, उदारतालाई कमजोरी नठान्नू’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।

हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।

‘प्रचण्ड’को जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार गर्‍यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’

उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए ।

‘मलाई पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो । मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल अरू थुप्रै मैले कसैलाई पार्टीबाट निकालेको छैन । तर, कतिपयलाई ननिकाले पनि के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलका वातावरण दिने गरेको छु’ दाहालले भने, ‘अहिले केही केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ति डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडे । त्यो भन्दा बढी के हो जनवाद ?’