२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा गोली हानेर लागु औषधसहित भारतीय नागरिक पक्राउ

अ+ अ-

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागु औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

आज दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नं को मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।