काठमाडौँ । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकबारे काँग्रेस एमालेसँग छलफल गरेको छ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयकका सबै विषय टुंग्याए पनि शिक्षकका मा सम्बोधन गर्न भन्दै सरकारले विधेयक अघि बढाउन दिएको छैन।
असार २२ गते सरकारलाई पाँच दिनको समय दिएर रोकिएको विधेयक कहिले अघि बढ्न भन्ने विषय अनिश्चित छ। समितिले निर्णय गरे पनि बढुवा सम्बन्धी प्रावधानलाई लिएर महासंघले सरकारमार्फत फरक धारणा राखिरहेको छ।
आइतबार काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितसँग कुराकानी गरेका हुन्। कुराकानीपछि घिमिरेले महासंघसँग विधेयकका विषयमा कुराकानी भएको र अबको दुई चार दिनभित्रै विधेयक अघि बढ्ने जानकारी दिए।
उनले भने, ‘धेरै कुरा पुरानै भए। अब दुई चार दिनमा विधेयक समितिबाट पारित हुन्छ। १९/२० गते संसदमा पेश हुन्छ।’







