काठमाडौँ । सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो ।
एक मन्त्रीका अनुसार सरकारले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको छ। न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो।







