बागमती । नेपाली काँग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।
संसदीय दलका नेता चयन गर्न बिहान ११ बजे देखि १ बजेसम्म उम्मेदवारी दर्ता र २ बजे देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए ।







