२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

अ+ अ-

गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन् । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ । केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए। गत वर्षको तुलनामा यस पटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे। समयमा पानी परेकाले यस पटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ ।

रोपाइँको प्रतिशत बढेपनि खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको बताउँदै बञ्जाडेले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको जानकारी दिए । यहाँ हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवालगायत स्थानीय तथा साँवा मन्सुली, खुमल–१, खुमल–४, हिमाली हाइब्रिड, रामधानलगायत उन्नत जातका धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । 

धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेका कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए। उनका अनुसार जिल्लामा धान उत्पादनको कूल क्षेत्रफलमध्ये गत वर्ष चैते धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको हो ।

 जिल्लामा बडिगाँड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवालगायत फाँटहरू धान उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेका प्रमुख धितालले जानकारी दिए। गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान रोपिन्छ । यहाँ धानबाली मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बालीअन्तर्गत पर्दछ ।