२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहको दाबी : ‘निर्माणाधीन संसद् भवनको बाँकी काम समयमै सम्पन्न हुन्छ’ 

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भीरताका साथ लागेको बताएका छन्।

सिंहदरवारमा शुक्रबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्यांकन समिति बैठकमा सिंहले नयाँ संसद् भवन बनाउने क्रममा भएका कमीकमजोरीलाई सुधार गर्दै बाँकी काम समयमा नै सम्पन्न गर्न गम्भीरताका साथ लागेको बताए । 

संसद् भवन निर्माणको काम समयमा हुन नसकेको तथ्य खुला रूपमा नै रहेको अवस्थामा आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सम्बन्धित व्यक्तिहरूसँग पटक पटक छलफल गरिरहेको उनले बताए। सिंहले समयमा सम्पन्न नभएकाले अब विगतको गल्तीहरूलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्ने उनको भनाइ छ । 

समिति सभापति ठाकुर गैरेले पहिलो चरणमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक मात्रै सञ्चालन गर्नका लागि भए पनि पूर्वाधार तयार पार्न सुझाव दिए । निर्माण कम्पनीका तर्फबाट आएका गुनासाहरूलाई समाधान गर्न समेत उनले मन्त्रालयको ध्यानाकर्षण गराए।

सभापति गैरेले अबको एक महिनाभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरिने जानकारी दिए । बैठकमा सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संसद् भवन निर्माणको हालको कार्य तालिकाका बारेमा जानकारी गराएका थिए।